जेनजी आन्दोलन नयाँ जागरणको विस्फोटः लामिछाने

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १४:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको पूर्ण उपचार, उनीहरूको परिवारको हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन् । आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले यस दिनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन् ।

लामिछानेले युवा पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृतिका रूपमा लिएका छन् । उनले भने, यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशमा भविष्य खोज्ने पुस्ता हो, जसलाई कुशासन स्वीकार्य छैन । उनले जेन्जी आन्दोलन पूर्णतः स्वस्फूर्त भएको बताउँदै कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो संकुचित स्वार्थका लागि प्रयोग गर्न नहुनेमा जोड दिएका छन् । उनले थपे, हिजो सडकबाट युवाहरूले उठाएका प्रश्नहरूको जवाफ दिने ठाउँमा आज हामी छौँ, र हामीसँग पनि जवाफ माग्न भोलि अरू कोही उभिनेछन् ।

Advertisement

लामिछानेले रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा गर्न युवाहरूलाई आग्रह गरेका छन्। उनले भने, ‘आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिऔँ । नागरिकको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले विज्ञप्तिमार्फत दृढ संकल्प व्यक्त गर्दै भनेका छन्, त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×