लगातार दुईपटक भूकम्पको धक्का

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ ३१, बुधबार ०६:३९

मुगु । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान लगातार दुईपटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहानका राति १ः५२ बजेतिर ४.५ म्याग्निच्युडको गएको थियो । त्यसको केही समयपछि बिहान ४ः२८ बजेतिर सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।

दुवै भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको केन्द्रले जनाएको छ । यसअघि भदौ २६ गते बिहान ९ः८ बजेतिर जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.