
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुईवटा शव फेला परेका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजीका क्रममा करिब आधा घण्टाअघि दुईवटा शव फेला परेका हुन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
बाढीपछि आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र मानिस फसेको आशंकामा सुरक्षा निकायसहितको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

























