बसाइँसराइ रोक्न घर दिँदै धनकुटाको छथर जोरपाटी पालिका

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ०९:५१

धनकुटा । गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत आम्दानीको बाटो खोल्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले अपेक्षित परिणाम नदिएपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ ।

गाउँपालिकाले दुहुना गाई वितरण कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम अघि बढाउने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार नयाँ परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन आम्दानीको स्रोतसँगै स्थायी र सुरक्षित आवास आवश्यक देखिएको हो।

Advertisement

आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० परिवारलाई लैनो गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताए । पहिलो वर्ष नौ परिवारले गाई पाएका थिए। त्यसपछि आव २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा चार र २०८१/८२ मा तीन परिवारलाई गाई वितरण गरिएको थियो ।

गाईमार्फत अन्य स्थानीय तह वा जिल्लाबाट बसाइँसराइ गरेर आउने परिवारलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने गाउँपालिकाको उद्देश्य थियो । दूध उत्पादनबाट आम्दानी गर्न सकिने भएकाले नयाँ ठाउँमा बसोबास गर्ने परिवारलाई आर्थिक रूपमा सहज हुने अपेक्षा गरिएको राईले बताए ।

तर पाँच वर्षको अनुभवमा गाई वितरण मात्रै पर्याप्त नभएको गाउँपालिकाले निष्कर्ष निकालेको छ । अब बसाइँसराइ गरेर आउने परिवारलाई घर निर्माणमा सहयोग गर्ने तयारी गरिएको अध्यक्ष सुब्बाले बताए । गाउँपालिकाले बसाइँसराइ गरेर आउनेबित्तिकै गाई वितरण गर्दैनथ्यो । बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाइन्थ्यो । गाई लिन चाहने परिवारले बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्थ्यो ।

कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरी परिवारको वास्तविक अवस्था र बसोबासको स्थिति अध्ययन गर्ने गरेको थियो। अनुगमनबाट योग्य ठहरिएका परिवारलाई मात्रै गाई उपलब्ध गराइन्थ्यो । आवश्यक कागजात र प्रक्रिया पूरा गर्न नसक्दा केही इच्छुक परिवार कार्यक्रमबाट वञ्चित भएको राईले बताए ।  गाउँपालिकाका अनुसार छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका छन् । तेह्रथुमबाहेक धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट पनि परिवार बसाइँसराइ गरेर आएका छन् ।

पाँच वर्षको अनुभवपछि गाउँपालिकाले अब बसाइँसराइ व्यवस्थापनको प्राथमिकता परिवर्तन गर्न लागेको हो । यसअघि नयाँ परिवारलाई ‘उत्पादनसँग जोड्ने’ नीति लिइएकोमा अब ‘सुरक्षित बसोबासको आधार तयार गर्ने’ नीतिमा जोड दिने अध्यक्ष सुब्बाले बताए ।

तपाइको प्रतिक्रिया
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एक वर्षमा अख्तियारमा ४० हजारभन्दा बढी उजुरी
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×