
काठमाडौं । अमेरिकाको टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड १५ लाख १७ हजार रुपैयाँ सहयोग गरेका छन् ।
ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार लामा फाउन्डेसन, बेडफोर्डले १ करोड ७ लाख रुपैयाँ, इन्डिया बजार, फोर्टवर्थले ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले २५ लाख, अभान्ट फाउन्डेसनले १५ लाख, पाल्पाली संगम अमेरिकाले १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट संकलन गरेको ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई छुट्टै पठाइएको जनाएको छ ।

























