भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १९:४८

विराटनगर । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल (भरतमणि दाहाल) पक्राउ परेको विषयलाई लिएर कोशी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता गणेश उप्रेती ‘सुशील’ले सामाजिक सञ्जाल फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेका छन् ।

दाहाललाई आइतबार मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरबाट प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ । उप्रेतीले भने फेसबुकमा दाहालसहित विभिन्न माओवादी नेताहरूको नाम जोडेर अश्लील टिप्पणी गरेका हुन् ।

Advertisement

उनले आफ्नो स्टाटसमा ‘भरत दाइ पक्राउ परेछन्’ भन्दै हाँसोका इमोजीसहित विगतमा माओवादीसँग जोडिएका मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ तथा जनार्दन शर्माको नाम उल्लेख गरेका छन् । त्यसक्रममा उनले अपमानजनक तथा अश्लील मानिने शब्द नेताहरूलाई प्रयोग गरेका हुन् ।

उप्रेतीले आफ्नो स्टाटसमा ती नेताहरू पक्राउ पर्नुपर्ने वा ‘भड्कालामा जानुपर्ने’ आशय पनि व्यक्त गरेका छन् । उनले दाहालसँगै अन्य नेताहरूलाई जोडेर माओवादी पक्षधरहरूलाई लक्षित गर्दै किन असन्तुष्टि वा चासो देखाइएको भन्ने प्रश्न उठाएका छन् । ‘…हरु पक्राउ परुन् कि भड्कालामा जाउन् माओवादीहरुलाई किन खस-खस ?’ उनले लेखेका छन् ।

सार्वजनिक जिम्मेवारी सम्हालिसकेका तथा राजनीतिक दलका नेताबाट सामाजिक सञ्जालमा सार्वजनिक रूपमा व्यक्त हुने धारणा र भाषालाई लिएर पछिल्लो समय बहस हुँदै आएको छ । राजनीतिक विषयमा असहमति वा आलोचना राख्दा पनि सार्वजनिक व्यक्तित्वले प्रयोग गर्ने भाषाको मर्यादामाथि प्रश्न उठ्ने गरेको छ । उप्रेतीको पछिल्लो स्टाटस पनि आलोचनाको विषय बनेको छ ।

उप्रेतीले भने आफूले स्टाटस लेख्दा ‘साइबर आतंक भयो भने पक्राउ गर्न बालेन (प्रधानमन्त्री बालेन्द्र शाह)लाई पठाउनू’ भनेर प्रतिक्रिया दिएका छन् । उनले दाहाल पक्राउ पर्नु ठीक भएको दाबी गरे । उप्रेतीले दाहालसँगै मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ तथा जनार्दन शर्मा सबैलाई पक्राउ गर्नुपर्ने पनि बताए । उनले अश्लील स्टाटस भने केही समयमै हटाएका छन् ।

यसैबीच, राजनीतिक विश्लेषक दाहाललाई भने विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि मोरङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट असोज २ गते पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको आग्रहमा दाहाललाई सुन्दरहरैँचाबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

पक्राउपछि दाहाललाई आइतबार साँझ बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाइएको छ । काठमाडौंमा साइबर ब्युरोले उनीमाथि अनुसन्धान अघि बढाउनेछ ।

प्रहरी स्रोतका अनुसार नेपालमा भएको जेनजी आन्दोलनबारे अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले प्रकाशित गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको विषयमा दाहालमाथि अनुसन्धान हुन लागेको हो । दाहालले भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर उक्त रिपोर्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×