चाडपर्वमा यातायात सहज बनाउन पहल

Share this
598shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १०:०२

काठमाडौं । दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वमा यात्रुको आवतजावत सहज, सुरक्षित र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ।

चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापनका लागि आवश्यक तयारीबारे छलफल गर्न विभागले संयुक्त बैठक बोलाएको हो। विभागका अनुसार बैठक सोमबार दिउँसो १ बजे मीनभवनस्थित यातायात व्यवस्था विभागको सभा हलमा हुनेछ।

Advertisement

बैठकमा चाडपर्वका बेला हुने यात्रुको चाप व्यवस्थापन, अग्रिम टिकट बुकिङ, सार्वजनिक सवारीको भाडादर, सवारी साधनको अवस्था, सडक मर्मत तथा सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ। चाडपर्वमा यात्रुले सहज रूपमा गन्तव्यसम्म पुग्न सक्ने वातावरण बनाउन आवश्यक निर्णय र सहजीकरणका उपाय तय गर्ने विभागको तयारी छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दसैँका बेला विशेषगरी बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारी साधनको व्यवस्थापनसम्मका विषयमा सम्बन्धित निकायबीच समन्वय गर्ने तयारी विभागले गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×