अर्किड कलेजमा खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १५:४७
अर्किड कलेजमा खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

विराटनगर । विद्यार्थीहरूमा वैज्ञानिक प्रयोगात्मक सिकाइ, अनुसन्धान तथा नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरस्थित अर्किड कलेजमा आयोजित  ‘खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी’ दुई दिने कार्यशाला सम्पन्न भएको छ।

कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूको सहभागिता रहेको कार्यशालामा खगोल विज्ञान, रोबोटिक्स तथा प्रविधिसम्बन्धी विभिन्न विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो ।

Advertisement

कार्यशालामा विद्यार्थीहरूले टेलिस्कोप ह्यान्डलिङ, सूर्य अवलोकन, स्टेलारियम एप्लिकेसनमार्फत खगोलीय अध्ययन, रोबोटिक्स तथा ड्रोन र प्लानेट ट्रान्जिट फोटोमेट्रीलगायतका विषयमा जानकारी हासिल गरेका थिए ।

विद्यार्थीहरूले टेलिस्कोपको प्रयोग तथा सञ्चालनसम्बन्धी जानकारी लिनुका साथै टेलिस्कोपमार्फत सूर्यको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यस्तै, स्टेलारियम एप्लिकेसनको प्रयोग गरी विभिन्न खगोलीय पिण्ड तथा आकासिए घटनाबारे अध्ययन गर्ने अवसरसमेत पाएका थिए ।

रोबोटिक्स तथा ड्रोनसम्बन्धी सत्रमा विद्यार्थीहरूलाई प्रविधिको निर्माण, सञ्चालन तथा प्रयोगका आधारभूत पक्षबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा अर्किड कलेजका प्राचार्य मनिष भट्टराई, अध्यक्ष अमित ढकाललगायत शिक्षकहरूको उपस्थिति रहेको थियो । विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सक्रियताले कार्यशाला प्रभावकारी र सफल भएको कार्यक्रम संयोजक एलिस ढकालले बताए ।

प्राचार्य मनिष भट्टराईले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीलाई कक्षा कोठाभन्दा बाहिरको वास्तविक वैज्ञानिक सिकाइसँग जोड्नुका साथै अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×