
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । महासभामा उनले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यस अवधिसम्म डा. वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व सम्हाल्नेछन् ।

























