इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १५:४५

काठमाडौं । सीप सिक्न चाहनेलाई तालिम तथा सीप विकासको अवसर उपलब्ध गराउने र दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म सात दिन मेला सञ्चालन गर्न लागेको हो। मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ६५ वटा स्टल रहनेछन्। मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।

Advertisement

मेलामा सीप सिक्न इच्छुक व्यक्तिले आवश्यक सीप विकाससम्बन्धी जानकारी तथा अवसर पाउनेछन् भने सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोडिने व्यवस्था गरिने मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले बताए। उनका अनुसार मेलामा ‘जब प्लेसमेन्ट’ तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलानसमेत गरिनेछ।

मन्त्रालयले सीप विकास तथा रोजगारी प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउँदै सातै प्रदेशमा सात चरणमा सीप तथा रोजगार मेला सञ्चालन गर्ने तयारी गरेको छ। त्यसअन्तर्गत पहिलो चरणमा कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागिएको तामाङले जानकारी दिए।

सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ। सोही नीतिअनुसार सीपयुक्त जनशक्ति र श्रम बजारको मागबीचको दूरी घटाउँदै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

‘यो सामान्य मेला होइन, राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको कार्यक्रम हो,’ तामाङले भने, ‘सीप सिक्न चाहनेलाई अवसर दिने र दक्ष जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने यसको मुख्य उद्देश्य हो।’

मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्ध थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारको सहभागिता र सहकार्यमा मेला सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
भारी वर्षाको चेतावनीपछि विराटनगरमा विपद् व्यवस्थापनको तयारी
सम्मानजनक बिदाइ लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न ओलीलाई आग्रह
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो
इलामको जंगलमा लुकाएर राखिएको ५५२ किलो फर्सीको बियाँ बरामद
परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा रोक्न नहुने सर्वोच्चको आदेश
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×