प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ०९:२४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (बिहीबार) संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा उनले नेपालको तर्फबाट सम्बोधन गर्न लागेका हुन्।

संयुक्त राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ। नेपालको समयअनुसार भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि हुनेछ।

Advertisement

प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन्। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी हुने उनको कार्यक्रम छ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसपटकको सम्बोधनमा प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपद् र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। प्रधानमन्त्री शाह असोज १० गते कतार हुँदै स्वदेश फर्कने कार्यक्रम छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×