दुर्घटनामा मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष घाइते

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार २०:०९

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित कानेपोखरी–रंगेली सडक खण्डमा आइतबार सवारी दुर्घटनामा हुँदा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम घाइते भएकी छन् ।

प्र १–०२–००५ ह १७३४ नम्बरको सिटी सफारीले प्र १–०२–०५० प ९०३ नम्बरको स्कुटरलाई बिहान ११ः२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुर्घटनामा स्कुटर चालक कानेपोखरी गाउँपालिका अध्यक्ष ५५ वर्षीया इङ्नाम घाइते भएकी छन् ।

Advertisement

इङ्नामको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । तत्काल उपचारका लागि कानेपोखरी नगर अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागि दिउँसो मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको जानकारी डीएसपी मिश्रले बताए ।

सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ । चालक कानेपोखरी–२ का हेन्जुल सोरेन फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्त नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×