धरानमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज १३, मंगलबार ०७:०२
फाइल फाेटाे

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल मंगलबार बिहानका राति १ः०५ बजेतिर सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा मोटरसाइकल चालक करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीले मृतकको पहिचानको प्रयास भइरहेको जनाएको छ । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.