प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १६:४५

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च नगरी हिनामिना गरेको आरोपमा लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजकदेखि जनप्रतिनिधिसम्म १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, लेखापाल नवीनकुमार बरालसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले १६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान प्राप्त गरेको थियो। तर, उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नगरी अनियमितता गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

Advertisement

आर्थिक वर्षको अन्तिम दिन खर्च नभएको रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्नेमा तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिई अन्य प्रतिवादीहरूको बैंक खातामा रकम जम्मा गरेको आयोगले जनाएको छ। उक्त रकमबाट कुनै कार्यक्रम सञ्चालन नभएको र पेश्की समेत हालसम्म फछ्र्यौट नगरेको अख्तियारको भनाइ छ। सरकारी रकम दुरुपयोग गरी आफूहरूलाई गैरकानुनी लाभ पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

मुद्दा दायर गरिएकामा तत्कालीन वडा अध्यक्षहरू रमेश न्यौपाने, जैमान गुरुङ, नन्दबहादुर कुमाल, रुकबहादुर तामाङ गुरुङ, कृष्णप्रसाद लामिछाने र माधवप्रसाद पराजुली तथा तत्कालीन वडा सदस्य ओजराज पौडेल पनि छन्। अख्तियारले तत्कालीन रोजगार संयोजक न्यौपानेमाथि सरकारी सामग्री हिनामिना गरेको आरोप समेत लगाएको छ। न्यौपानेले २०७६ वैशाख १६ गते नगरपालिकाबाट बुझेका एक थान ल्यापटप, प्रिन्टर र क्यामेरा कार्यालयमा फिर्ता नगरेको आयोगले जनाएको छ।

२०७७ कात्तिक १ गते कार्यालयबाट बर्खास्त भएपछि पनि ती सामग्री बरबुझारथ नगरेको पाइएको अख्तियारको भनाइ छ। उक्त सामग्रीको परल मूल्य एक लाख ६७ हजार २५६ रुपैयाँ रहेको आयोगले जनाएको छ। सरकारी अनुदानको रकम र कार्यालयका सामग्री समेत गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा न्यौपानेसहितका प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ।

तपाइको प्रतिक्रिया
नवीकरणदेखि औषधि भण्डारणसम्म कैफियत, विराटनगरका तीन फार्मेसीमा सिल
कोशी अस्पतालको विकास समितिले पायो पूर्णता
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×