चीनसँग जोड्ने तीन वटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १३:२५

काठमाडौं। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा नाकामा नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त बनाउँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। दुवैतर्फको सीमावर्ती क्षेत्रमा अत्यधिक क्षति भएकाले नेपाल र चीन जोड्ने ‘लाइफलाइन’ का रूपमा चिनिएको रसुवा नाका तत्काल सञ्चालनमा आउने सम्भावना निकै कम छ। यसका कारण दुवै मुलुकका नागरिकको आवतजावत मात्र नभई वैदेशिक व्यापार समेत ठप्प भएको छ।

बाढीले दुवैतर्फका सडक, पुल तथा भन्सार प्रशासनसँग जोडिएका महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्‍याएकाले नाका तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन भौगोलिक र व्यावहारिक दुवै दृष्टिले चुनौतीपूर्ण देखिएको छ। अर्कोतर्फ, भोटेकोशीमा आएको बाढीसँगै तातोपानी नाका पनि केही समयदेखि अवरुद्ध हुँदै आएको छ।

छिमेकी मुलुक चीनसँग सडक मार्गबाट जोडिएका रसुवा र तातोपानी नाका मात्र अवरुद्ध भएका छैनन्। यसअघि सञ्चालन हुँदै आएको मुस्ताङको कोरला नाका पनि यही असोज ८ देखि ११ गतेसम्म लगातार आएको बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक तथा पुललगायतका संरचनामा क्षति पुगेपछि अहिले ठप्प छ।

नेपालीका चाडपर्व दसैं, तिहार र छठ घरआँगनमा आइपुग्नै लाग्दा चीनसँग जोडिएका तीन वटै प्रमुख नाका अवरुद्ध हुँदा एकातर्फ दुवै मुलुकबीच हुने वैदेशिक व्यापार प्रभावित भएको छ भने अर्कोतर्फ चाडपर्व लक्षित गरी चीनबाट ल्याउन लागिएका सामान समेत उतै रोकिएका छन्।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका पूर्व अध्यक्ष अशोक श्रेष्ठले चीनसँग जोडिएका तीन वटै मुख्य नाका ठप्प हुँदा दुवै मुलुकबीच हुने आयात–निर्यात प्रभावित भएको बताए। ‘भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा नाकाको तहसनहस नै बनायो। जसका कारण सो नाका कहिले सञ्चालनमा आउने भन्ने टुङ्गो छैन’, उनले भने, ‘भोटेकोशीमा बाढी आएको केही समयमै चिनियाँ पक्षले तातोपानी नाकाबाट पनि आयात–निर्यात ठप्प पारेपछि चीनसँगका मुख्य नाका पूरै ठप्प जस्तै छन्।’

उनले चाडपर्वलाई लक्षित गरेर चीनबाट ल्याउन लागिएका वस्तु तथा सामान उतै रोकिँदा व्यवसायी तथा व्यापारी चर्को मारमा परेको बताए। ‘व्यापारीले ऋणधन गरेर चीनबाट आयात गरेका वस्तु तथा सामान चिनियाँ भूमिमै रोकिएका छन्। यसले व्यापारीको ऋणको भार बढेको छ भने अर्कोतर्फ सामान कहिले आउने भन्ने अनिश्चितता कायमै छ’, उनले भने, ‘सरकारले चीन सरकारसँग कूटनीतिक पहल गरेर तत्काल तातोपानी नाका खुलाउने प्रयास गर्न जरुरी भइसकेको छ।’

रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि पछिल्लो समय मुस्ताङको कोरला नाका हुँदै चीनबाट वस्तु तथा सामान आयात–निर्यात हुँदै आएको थियो। तर, यही असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाका कारण कालीगण्डकी करिडोर आसपासका सडक तथा पुललगायतका संरचनामा क्षति पुगेपछि अहिले कोरला नाकाबाट हुने वैदेशिक व्यापार पनि रोकिएको छ।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका मुख्य ‘लाइफलाइन’ का रूपमा चिनिने रसुवा, तातोपानी र कोरला नाका अवरुद्ध हुँदा चीनसँगको वैदेशिक व्यापार चौपट भएको बताए। अहिले चीनसँग जोडिएका मुख्य सडक मार्गको पहुँच नै टुटेको छ’, उनले भने, ‘भोटेकोशीमा बाढीपहिरो आएपछि रसुवा र तातोपानी नाकाबाट कोरला नाकातर्फ ल्याउन खोजिएका करिब ७०० भन्दा बढी कन्टेनर सडक अवरुद्ध हुँदा चीनतर्फ रोकिएका छन्।’

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×