उदयपुर र इलाममा दुई जनाको मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ११:१९

विराटनगर । उदयपुर र इलाममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ भने इलाममा घाँस काट्ने क्रममा खोल्सीमा लडेर अर्का एक जनाको ज्यान गएको हो ।

उदयपुरको रौतामाई गाउँपालिका–४ निगालेका ४८ वर्षीय गुञ्जबहादुर राईको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २ः३० बजे स्थानीय विदुर रोक्काको मालबासेस्थित बारीमा उत्तिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर राई गम्भीर घाइते भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रौतापोखरीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ९ः२० बजेतिर उनलाई मृत घोषणा गरिदिएका हुन् ।

त्यस्तै, इलामको फाकफोकथुम गाउँपालिका–१ युकरुम्बाका ६० वर्षीय थिरप्रसाद नेपालको खोल्सीमा लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ बजेतिर घरबाट चियाबारीमा घाँस काट्न गएका नेपाल अचानक खोल्सीमा लडेर घाइते भएका थिए ।

उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन, पाँच नातिनातिनाको जिम्मेवारी वृद्ध दम्पतीको काँधमा
कांग्रेसको युवा कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुविनको तयारी
उदयपुर र इलाममा दुई जनाको मृत्यु
एनपीएलका लागि क्रिकेट मैदान स्तरोन्नति गरिँदै
कोशी योजना आयोगका सदस्यको शपथ
सुनचाँदीको मूल्य बढ्यो 
बढ्यो सुनचाँदीको मूल्य
पर्यटन क्षेत्रमा सुधार, मानसरोवर यात्रा भने प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×