प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार २१:२१

काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग सम्बन्धित पाँचवटा विधेयक दर्ता गराएको छ । संसद् सचिवालयको अभिलेख अनुसार आज (शुक्रबार) यी विधेयकहरू औपचारिक रूपमा दर्ता भएका हुन् ।

नागरिक उड्डयन क्षेत्रको नियमन र सेवा सञ्चालनलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएका छन् । जसअन्तर्गत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३’ रहेका छन् ।

यसैगरी, सरकारी कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट ‘सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गरिएको छ । त्यस्तै, पूर्वाधार निर्माण तथा यातायात सुरक्षालाई सुदृढ बनाउन पूर्वाधार विकास मन्त्रालयका तर्फबाट थप दुईवटा विधेयक दर्ता भएका छन् ।

“भवन (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय सडक सुरक्षा विधेयक, २०८३’ रहेका छन् । दर्ता भएका यी विधेयकहरू अब आगामी संसदीय बैठकमा छलफल र पारितको प्रक्रियामा अगाडि बढ्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×