निर्वाचन प्रहरीको पोसाक खरिद छानबिन गर्न नौ सदस्यीय समिति

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १८:०८

काठमाडौं । निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा अनियमितता भएको प्रश्न उठेपछि संसद्को सार्वजनिक लेखा समितिले त्यसका बारेमा अध्ययन अघि बढाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले खरिद प्रक्रियाका बारेमा अध्ययन गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । अध्ययन समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

अध्ययन समितिका सदस्यमा सांसद ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन् ।

बैठकमा निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियामाथि उठेको अनियमितताको प्रश्नलाई लिएर सांसद खगेन्द्र सुनारले समितिको भूमिकामाथि प्रश्न उठाएका थिए । खरिदमा अनियमितताको विषय सार्वजनिक भइसक्दा पनि लेखा समितिले प्रभावकारी ढंगले चासो नदिएको उनको भनाइ थियो ।

उनले उठाएको प्रश्नपछि समितिले छुट्टै अध्ययन टोली बनाएर पोसाक खरिद प्रकरणको विषयमा अध्ययन गर्ने निर्णय गरेको हो । अब नौ सदस्यीय समितिले खरिद प्रक्रिया तथा त्यससँग जोडिएका विषय अध्ययन गरी दुई महिनाभित्र सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×