११० किलो गाँजासहित तीन जना पक्राउ

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १०:३९

सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका अनुसार शुक्रबार राति करिब १:३५ बजे औरही गाउँपालिका–१ दरैयाबाट उनीहरू पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा १५ जनाको टोली त्यस क्षेत्रमा खटिएको थियो ।

टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेका तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको ६ बोरामा ११० किलो ७६० ग्राम गाँजा भेटिएको एसपी थापाले बताए ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव छन् ।

उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको एसपी थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×