लेटाङमा घरबाट भरुवा बन्दुकसहित हतियार बनाउने सामग्री बरामद

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १३:२१
लेटाङमा घरबाट भरुवा बन्दुकसहित हतियार बनाउने सामग्री बरामद

विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बूलाई भरुवा बन्दुकसहित बिहीबार बिहान ९ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङको टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरमा लुकाई छिपाइ राखिएको तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक, हातहतियार निर्माणमा प्रयोग हुने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जा बरामद गरिएको डीएसपी मिश्रले बताए ।  प्रहरीले लिम्बूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×