खोटाङमा ज्येष्ठ पत्रकारलाई मासिक ३ हजार ‘पेन्सन’

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १५:३८

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ज्येष्ठ पत्रकारलाई मासिक निवृत्तिभरण (पेन्सन) उपलब्ध गराउन सुरु गरेको छ । पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिएका पत्रकारको सम्मान र सामाजिक सुरक्षाका लागि स्थापना गरिएको कोषबाट प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले पहिलो पटक पेन्सन सुविधा पाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ७२ वर्षीय आचार्यलाई दसैँ, तिहार तथा छठ पर्वको अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनाको पेन्सन उपलब्ध गराइएको हो । पाँच दशकदेखि पत्रकारितामा सक्रिय आचार्य अहिले पनि क्रियाशील छन्। उनलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सम्मान तथा पुरस्कृत गरिसकेका छन् ।

ज्येष्ठ पत्रकारको योगदानको कदर गर्दै उनीहरूको आत्मसम्मान र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन)कोष’ स्थापना गरिएको महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए । उनका अनुसार कोषमा सुरुवाती चरणमा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंकमा १० लाख रुपैयाँ जम्मा गरिएको छ । कोषको कार्यविधिअनुसार ६५ वर्ष उमेर पूरा गरेका र कम्तीमा २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध पत्रकारले मासिक तीन हजार रुपैयाँ पेन्सन पाउनेछन् ।

‘पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक र उत्तरदायी बनाउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको हो,’ अध्यक्ष आचार्यले भने ।
महासंघका सचिव राजकुमार भट्टराई ‘सरगम’का अनुसार पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय गरिएको हो। कोष महासंघ खोटाङ शाखाको मातहतमा रहने गरी छुट्टै स्थापना गरिएको छ ।

कार्यविधिअनुसार प्रधानसम्पादक, सम्पादक, संवाददाता, समाचारवाचक, फोटो पत्रकार तथा व्यङ्ग्यचित्रकारलगायतले पेन्सन सुविधा लिन सक्नेछन्। तर, सुविधा लिने पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा रहेको हुनुहुँदैन । सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा परेका तथा नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएका व्यक्तिले पनि सुविधा पाउने छैनन् ।

महासंघका निवर्तमान अध्यक्ष दिलीप खत्रीले पेन्सन कोषले पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिएका पत्रकारको सम्मान र संरक्षणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । कोषलाई थप व्यवस्थित र दिगो बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारका साथै दातृ निकाय र अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग लिने महासंघको योजना छ ।

विसं २०६१ मा स्थापना भएको नेपाल पत्रकार महासंघ खोटाङ शाखामा हाल ३१ जना साधारण सदस्य छन् । शाखाले आफ्नै पक्की कार्यालय भवन निर्माणको कामसमेत अघि बढाएको छ ।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित तीन करोड रुपैयाँ बजेटमा साढे दुईतले भवन निर्माण भइरहेको छ । गत चैतमा सुरु भएको निर्माणको ठेक्का मोहन एन्ड बेंसीगाउँ–रूपाकोट–सरस्वती जेभी खोटाङले पाएको छ । निर्माण कम्पनीले २०८४ पुस २३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।

आफ्नै भवन नहुँदा महासंघले हाल दिक्तेल बजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । शाखाको भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले विसं २०६३ मा दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ज्येष्ठ पत्रकारलाई मासिक निवृत्तिभरण (पेन्सन) उपलब्ध गराउन सुरु गरेको छ । पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिएका पत्रकारको सम्मान र सामाजिक सुरक्षाका लागि स्थापना गरिएको कोषबाट प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले पहिलो पटक पेन्सन सुविधा पाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ७२ वर्षीय आचार्यलाई दसैँ, तिहार तथा छठ पर्वको अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनाको पेन्सन उपलब्ध गराइएको हो । पाँच दशकदेखि पत्रकारितामा सक्रिय आचार्य अहिले पनि क्रियाशील छन्। उनलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सम्मान तथा पुरस्कृत गरिसकेका छन् ।

ज्येष्ठ पत्रकारको योगदानको कदर गर्दै उनीहरूको आत्मसम्मान र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण ९पेन्सन० कोष’ स्थापना गरिएको महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए । उनका अनुसार कोषमा सुरुवाती चरणमा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंकमा १० लाख रुपैयाँ जम्मा गरिएको छ । कोषको कार्यविधिअनुसार ६५ वर्ष उमेर पूरा गरेका र कम्तीमा २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध पत्रकारले मासिक तीन हजार रुपैयाँ पेन्सन पाउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×