पहाड र हिमालमा मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०६:२७
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बुधबार) देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने पहाड र तराईका अधिकांश स्थानमा मौसम सफा छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

पहाडी तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहे पनि देशभर व्यापक वर्षा हुने अवस्था भने देखिएको छैन ।

तपाइको प्रतिक्रिया
उदयपुरमा ‘सानो दारे’नामको जंगली हात्ती मृत फेला
कांग्रेस युवा खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्
‘झापामा ग्यास र पेट्रोलियम पदार्थको अभाव छैन’
सडक कतै एकतर्फी खुला, कतै खुलाउने प्रयास जारी
राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा १७३ मतसहित नेपाल निर्वाचित
बिहारमा भोज खान जाँदै गरेका बालबालिका चढेको डुंगा गंगामा डुब्यो, १३ जनाको मृत्यु
तेल पूर्वाधार निशानामा, अरामकोको भवनमा मिसाइल प्रहार
सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन निजी क्षेत्रको प्रस्ताव, दोहोरो कर हटाउन माग
बिमस्टेक बैठकमा गृहमन्त्रीहरुको भेट, नेपाल–भारत सहकार्यमा जोड
प्रहरी दिवसमा २०६ जनाद्वारा रक्तदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×