सचिन तिमिल्सेनाकाठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सर्वाधिक ३ हजार १५६ मत प्राप्त गर्दै सचिन तिमिल्सेना पहिलो भएका छन् ।
निर्वाचन समितिका अनुसार इन्जिनियर अभिषेक आत्रेय २ हजार ८१४ मतसहित दोस्रो र सुशील भट्ट २ हजार ७५३ मतसहित तेस्रो भएका छन् । युवा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्यमा डा. आयुस बगाले, आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत, इन्जिनियर शैलेश मिश्र, सौगात थापा, उषा सापकोटा र विजय गुरुङ छन् ।
त्यस्तै, मदनराज उपाध्याय, विनोदराज जोशी, भूपेन्द्रसिंह थेवे, श्यामराज ओझा र यज्ञशिव राई पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि पदाधिकारीसहित विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यको निर्वाचन तथा मतगणना गरिएको हो ।

























