उदयपुरमा ‘सानो दारे’नामको जंगली हात्ती मृत फेला

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०८:३५
फाइल तस्बिर

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती मृत फेला परेको छ । करिब २०–२५ वर्ष उमेरको हात्ती मंगलबार मृत अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा हात्ती मृत भेटिएको हो। उनका अनुसार उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।

हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले बताए । यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्रै खुल्नेछ ।

कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले आरक्षले बुधबार पोस्टमार्टम गर्ने तयारी गरेको श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×