प्रहरी दिवसमा २०६ जनाद्वारा रक्तदान

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०६:३६

विराटनगर । ७१औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लामा आयोजित रक्तदान कार्यक्रममा २०६ जनाले रक्तदान गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मंगलबार विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा १३६ जनाले रक्तदान गरेका छन् । नेपाल प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनाल र मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल लगायतले रक्तदान गरेका थिए ।

यसैगरी, ७१औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम र धनकुटाले पनि रक्तदान कार्यक्रमका आयोजना गरेका छन् । ती जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयसहित ७० जनाले रक्तदान गरेका छन् ।

प्रहरी दिवसलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएका रक्तदान कार्यक्रमले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा ‘सानो दारे’नामको जंगली हात्ती मृत फेला
कांग्रेस युवा खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्
‘झापामा ग्यास र पेट्रोलियम पदार्थको अभाव छैन’
सडक कतै एकतर्फी खुला, कतै खुलाउने प्रयास जारी
राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा १७३ मतसहित नेपाल निर्वाचित
बिहारमा भोज खान जाँदै गरेका बालबालिका चढेको डुंगा गंगामा डुब्यो, १३ जनाको मृत्यु
तेल पूर्वाधार निशानामा, अरामकोको भवनमा मिसाइल प्रहार
सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन निजी क्षेत्रको प्रस्ताव, दोहोरो कर हटाउन माग
बिमस्टेक बैठकमा गृहमन्त्रीहरुको भेट, नेपाल–भारत सहकार्यमा जोड
प्रहरी दिवसमा २०६ जनाद्वारा रक्तदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×