काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन गाउँ फर्किन थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
घटस्थापना सुरु भएयता सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए ।
दसैँका लागि यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिरहेका छन् ।
यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा पनि समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौं फर्किन समस्या भइरहेको बताए ।
उनका अनुसार दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधनको व्यवस्थापनमा कठिनाइ भएको छ । असोज २३ गते अग्रिम टिकट बुकिङ खुलेको दिन धादिङको गलौंदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए ।
हालसम्म दसैँका लागि एक लाख ३० हजार १२९ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । ट्राफिक प्रहरीका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट लिएका छन् ।
यातायात महासंघले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।