महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि भेटियो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १५:००

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ । गत शनिबार दोधारा–चाँदनीस्थित झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा बोट अनियन्त्रित हुँदा थारु महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोलीले लगातार खोजी गरिरहेको थियो । पाँचौँ दिनमा बेपत्ता भएको स्थानभन्दा करिब १० देखि १५ मिटर दक्षिणतर्फ शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार शव अड्किएको अवस्थामा भेटिएको हो । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने उनले बताए । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमासुरक्षा गुल्ममा हाजिर भएका थिए ।

दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो ।

तपाइको प्रतिक्रिया
नेप्से २१ अंकले बढ्यो, कारोबार ४ अर्बमाथि
मनमोहन पोलिटेक्निकका विद्यार्थीले प्रदर्शन गरे प्रविधिमा आधारित परियोजना
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
विपद्पछिको पुनर्निर्माणमा ५ खर्ब ५९ अर्बको योजना
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि भेटियो
महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने
सातै प्रदेशबीच विकास साझेदारी गर्ने सहमति, मुख्यमन्त्री मञ्च गठन गरिने (घोषणापत्रको पूर्णपाठसहित)
दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, २४ घण्टामा ७८ हजार बाहिरिए
सांसद खगेन्द्र सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान
उदयपुरमा करेन्ट लागेर वृद्धको मृत्यु
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×