विराटनगरमा मोटरसाइकल ठोक्किँदा प्रहरीसहित २ जना घाइते

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०६:५९

विराटनगर । विराटनगरमा बिहीबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित शनिमन्दिर अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

बरगाछीबाट रोडशेषतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ६८४४ नम्बरको मोटरसाइकल र जलजला चोकबाट शनिमन्दिरतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०२–०५६ प ५७१९ नम्बरको मोटरसाइकल बिहीबार राति ठोक्किएका थिए ।

दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–५ का २१ वर्षीय सुजित नारायण मेहता घाइते भएका छन् । उनको घाँटी र खुट्टामा चोट लागेको छ । पारस अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराट नर्सिङ होम पठाइएको छ। उनको अवस्था मध्यम छ ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक २५ वर्षीय प्रहरी जवान युगल मगर पनि घाइते भएका छन् । भोजपुरको आमचोक गाउँपालिका–८ घर भएका मगर कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा कार्यरत छन् । उनको खुट्टामा चोट लागेको छ। कोशी अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×