राष्ट्रपति भवन परिसरमा मिसाइल आक्रमण, ५ जनाको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०८:१४

एजेन्सी । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

अलजजिराका अनुसार मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्ड पनि छन् । यमनका स्वास्थ्य मन्त्रीले घटनामा पाँच जनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएका हुन् । अन्य मृतकको पहिचान खुल्न सकेको छैन ।

रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्री राष्ट्रपति भवन परिसरमा थिए। यद्यपि, सरकारका उच्च अधिकारीहरू सकुशल रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएका थिए ।

हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी अरबको सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो नीतिअनुसार आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदी सेनाको सैन्य गतिविधि र जमघट हुने स्थानलाई निशाना बनाइनेछ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×