सुनसरीमा खसी-बोकाको मासुको मूल्य तोकियो

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०९:३२

इनरुवा । सुनसरीमा खसी तथा बोकाको मासुको उपभोक्ता खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार १ सय रुपैयाँ तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै मासुको खुद्रा मूल्य अचानक बढेको भन्दै उपभोक्ताहरूबाट उजुरी तथा गुनासो प्राप्त भएकाले यस्तो निर्णय गरिएको जनाएको छ ।

मूल्य वृद्धि गर्नुपर्ने तत्काल कुनै मनासिव आधार नरहेको र गत माघ महिनामा समेत प्रतिकेजी १ हजार १ सय रुपैयाँ मूल्य कायम भएको प्रशासनले स्पष्ट पारेको छ ।

केही मासु विक्रेताहरूले प्रतिकेजी १ हजार १ सय रुपैयाँमै बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि जिल्लाभर सोही मूल्यमा खसी तथा बोकाको मासु खरिद बिक्री गर्न आग्रह गरिएको छ ।

सूचनालाई बेवास्ता गरी कसैले अनुचित र अस्वाभाविक मूल्य लिई मासु बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×