दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १५:३३

काठमाडौं । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न आफ्ना डिपो तथा कार्यालयहरू खुला राख्ने भएको छ ।

निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दसैँको बिदामा उपभोक्तालाई इन्धनको अभाव हुन नदिन स्थानीय आवश्यकताअनुसार प्रादेशिक तथा शाखा कार्यालय र डिपोहरू सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।

निगमले बिदाको समयमा इन्धन आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल समाधानका लागि केन्द्रीय कार्यालयका अधिकारीहरूलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

विज्ञप्तिअनुसार पेट्रोल तथा डिजेलको आपूर्तिसम्बन्धी समस्या भए नवराज पोखरेललाई ९८४१४८०२०७ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै, एलपी ग्यास तथा हवाई इन्धनसम्बन्धी समस्या भए सञ्जीव सङ्ग्रौलालाई ९८४१४३३६०४ मा सम्पर्क गर्न निगमले जनाएको छ ।

दसैँका बेला इन्धनको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै निगमले बिदाको समयमा पनि आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
दसैँमा गाउँ फर्किनेको लर्को
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×