मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १६:४१

जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) बाट मन्त्री भएका चार जनाले राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाज कल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन् ।

चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ ।

यता एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
दसैँमा गाउँ फर्किनेको लर्को
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×