पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ४, बुधबार ०७:५८
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन आज (बुधबार) सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षति भएका र असहज परिस्थिति सिर्जना भएकाले यसपटक सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

भदौमा हिमपहिरोबाट आएको भिषण बाढी र यही असोजमा परेको अविरल वर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँ पर्व सादगीपूर्वक मनाउने निधो गरेको सम्बाद सचिवालयले जनाएको छ ।

सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×