ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार १२:५२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना हुने उक्त सम्मेलनमा उनी विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने मूल विषयवस्तुमा केन्द्रित फोरम अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुनेछ। सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ।

सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछ। ती छलफलमा विश्वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य र बदलिँदो विश्व परिस्थितिमा साझा चुनौतीको समाधान खोज्ने विषयले प्राथमिकता पाउने बताइएको छ।

फोरममा संयुक्त राष्ट्रसंघकेन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनबारे छलफल हुनेछ। साथै, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका र अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका देशहरूको योगदानका विषय पनि उठाइनेछन्।

यसका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय प्रभाव, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता (एआई) र साइबर स्पेससम्बन्धी विषयमा पनि सम्मेलनमा बहस हुने जनाइएको छ।

विश्वव्यापी चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय विश्वास र सहकार्यलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषय सम्मेलनको मुख्य चासो रहनेछ। पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
अम्बे स्टिलमा आगलागी हुँदा १ करोडकाे
दशैंले धार्मिक सद्भाव र एकता बढाउँछ : बंगलादेशी राजदूत रहमान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×