तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार २०:२८
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित

विराटनगर । साहित्यकार तोमनाथ उप्रेतीको समालोचना संग्रह  ‘अक्षरभित्र चिन्तन’ विराटनगरमा विमोचन गरिएको छ । विराट साहित्य संगम, मोरङको नियमित मासिक साहित्यिक भेटघाटका अवसरमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलले कृतिको विमोचन गरे ।

विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक निर्मला कोइरालाले कृतिमाथि समीक्षा गर्दै यसको विषयगत विविधता, समालोचनात्मक दृष्टिकोण र साहित्यिक महत्त्वबारे चर्चा गरिन् । लेखक उप्रेतीले कृतिको लेखन उद्देश्य र समालोचनाप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

कृतिमा विराटनगरलाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा सक्रिय विभिन्न स्रष्टाका कविता, कथा, उपन्यास, खण्डकाव्य, मुक्तक र नाटकलगायतका कृतिमाथि समालोचना गरिएको छ। साहित्यिक सिर्जनालाई सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता र सांस्कृतिक चेतनाका दृष्टिले विश्लेषण गर्नु संग्रहको प्रमुख विशेषता हो।

समालोचनालाई प्रशंसा वा निन्दामा सीमित नराखी पाठगत प्रमाण, कलात्मक संरचना र सामाजिक अर्थका आधारमा कृतिको मूल्यांकन गर्नुपर्ने दृष्टिकोण संग्रहले अघि सारेको छ । यसले विराटनगरको साहित्यिक योगदानको अभिलेखीकरणसँगै नेपाली साहित्यमा आलोचनात्मक चेतना र साहित्यिक विमर्श विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा साहित्यकार, समालोचक, प्राध्यापक, अनुसन्धाता, साहित्यप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×