आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १४:५५

काठमाडौं । काठमाडौंको दक्षिणी भेगमा रहेको कीर्तिपुरस्थित आदिनाथ मन्दिरमा एक महिने धार्मिक मेला सञ्चालन हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने परम्परागत मेला यस वर्ष कात्तिक ९ गतेदेखि सुरु हुने भएको हो।

मेलाको तयारीस्वरूप कीर्तिपुर नगरपालिका–६ मा रहेको मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ र व्यवस्थापनका काम अघि बढाइएको छ। मेला व्यवस्थापन समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर परिसर सफा गर्नुका साथै भक्तजनको आवागमनलाई सहज बनाउने तयारी भइरहेको छ।

मेलालाई लक्षित गरी मन्दिरलाई सिँगारेर आकर्षक बनाइएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मेलामा यस वर्ष करिब दुई लाख भक्तजन सहभागी हुने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।

आदिनाथ मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति रहेकाले यसलाई अर्धनारीश्वर मन्दिरका रूपमा समेत चिनिन्छ। यहाँ दर्शन तथा पूजाआजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुनुका साथै भय, रोग तथा विभिन्न बाधाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

हिन्दु र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा रहेको आदिनाथ मन्दिरमा दुवै समुदायका भक्तजनले पूजाआजा गर्ने परम्परा छ। हिन्दु धर्मावलम्बीले आदिनाथलाई शिवशक्तिको प्रतीकका रूपमा मान्ने गर्छन् भने बौद्ध धर्मावलम्बीले लोकेश्वर अर्थात् करुणाका प्रतीकका रूपमा श्रद्धा व्यक्त गर्छन्।

धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक सद्भावको महत्त्व बोकेको यस मेलाले कीर्तिपुर क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
निजी तथा पारिवारिक भ्रमणमा रवि लामिछाने भारत प्रस्थान
अर्थमन्त्री वाग्ले भारतमा, विश्व सम्मेलनमा सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×