युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १५:५७

एजेन्सी । विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा यस वर्ष युरोपमा अत्यधिक गर्मीका कारण करिब १५ हजार जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ। गर्मीको प्रभावले विभिन्न युरोपेली मुलुकमा ठूलो मानवीय क्षति भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने संगठनले चेतावनी दिएको छ।

डब्ल्युएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय र जर्मनीमा करिब चार हजार पाँच सय जनाको गर्मीका कारण मृत्यु भएको जानकारी दिएका हुन्।

युरोपका विभिन्न देशमा प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या उच्च देखिएको उल्लेख गर्दै क्लुगेले वास्तविक मृतक सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। यससम्बन्धी विवरण समेटेर उनले वक्तव्यसमेत जारी गरेका छन्।

गत मध्य साउनमा युरोपका विभिन्न क्षेत्रमा चलेको तातो हावाको लहरले जनजीवन प्रभावित बनाउनुका साथै ठूलो सङ्ख्यामा मानिसको ज्यान लिएको फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ।

विश्व मौसम विज्ञान संगठनले पनि विश्वको तापक्रम निरन्तर बढिरहेको र मौसम तथा जलवायुसम्बन्धी चरम घटनाले विश्वभर मानवीय क्षति निम्त्याइरहेको जनाएको छ। संगठनका अनुसार पछिल्ला ५० वर्षमा युरोपमा गर्मीका कारण एक लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

वैज्ञानिक तथ्याङ्कअनुसार विश्वव्यापी औसत तापक्रम औद्योगिक युगअघिको तुलनामा करिब १.१ डिग्री सेल्सियसले बढिसकेको छ। तापक्रम वृद्धिसँगै तातो हावाको लहरजस्ता चरम मौसमी घटनाको जोखिम पनि बढिरहेको छ।

जलवायु परिवर्तनका कारण बढ्दो गर्मीले विशेषगरी वृद्धवृद्धा, दीर्घरोगी, बाहिर काम गर्ने श्रमिक तथा कमजोर स्वास्थ्य अवस्था भएका मानिसलाई बढी जोखिममा पार्ने गरेको छ। यस्तो अवस्थामा गर्मीबाट बच्ने उपाय अपनाउनु, पर्याप्त पानी पिउनु र अत्यधिक तापक्रमका बेला सकेसम्म घाममा ननिस्कनु महत्त्वपूर्ण हुने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्।

तपाइको प्रतिक्रिया
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×