
उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली घर भई कटारी नगरपालिका-२ मझुवामा बस्दै आएका २१ वर्षीय सुशील खड्का छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















