खोटाङमा ६४७ जना चेलीले पाए ‘निःशुल्क बाइक सेवा’

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १३:५६

खोटाङ । आर्थिक अभावका कारण दसैँमा माइती जान नसक्ने चेलीलाई लक्षित गरी खोटाङमा सञ्चालित ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानबाट ६ सय ४७ जनाले निःशुल्क मोटरसाइकल सेवा पाएका छन् ।

दसैँको अवसरमा चार दिन सञ्चालन गरिएको अभियानमा अन्तिम दिन २ सय ३० जना, तेस्रो दिन २ सय ५२ जना, दोस्रो दिन १ सय १० जना र पहिलो दिन ५० जना चेलीले सेवा पाएको अभियानका सचिवालय प्रमुख निराजन ढकालले जानकारी दिए ।

अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार तिहारको अवसरमा पनि कात्तिक २४ देखि २६ गतेसम्म तीन दिन निःशुल्क बाइक सेवा सञ्चालन गरिनेछ ।

‘चाडबाडमा आर्थिक अभावका कारण माइतीसम्म जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराइएको हो,’ राईले भने, ‘युवालाई सिर्जनशील काममा सक्रिय गराउन पनि यो अभियान सञ्चालन गर्दै आएका छौँ ।’

तीन वर्षदेखि सञ्चालन हुँदै आएको अभियानबाट गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीले सेवा लिएको राईले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×