झिनो अंकले बढ्यो नेप्से परिसूचक

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १७:१५

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अंकले घटेर १८२ दशमलव ११ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १६० दशमलव ६९ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ ।

उपसमूह १३ मध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । आज १३५ कम्पनीको सेयर बढ्यो भने १३६ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युतलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र
‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा विद्यालय बन्द
भोजपुरमा धान थन्क्याउन कामदारको अभाव
स्वदेशी सयपत्रीको बजार सुनिश्चित गर्न झापाका किसानको माग
बोल्सोनारो परिवारमाथि कसिँदै कानुनी घेरा, विदेश यात्राले बढायो विवाद
मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
पहिलो हार बिर्साउँदै जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×