
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा तथा युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४ पैसा एवं स्विस फ्रेन्क एकको खरिददर १८३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा एवं सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तय गरिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर १११ रुपैयाँ ४९ पैसा एवं साउदी अरब रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८४ पैसा तथा संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ८६ पैसा एवं बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७८ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७० रुपैयाँ ६ पैसा तथा मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा तय गरिएको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४ रुपैयाँ ५२ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २५ पैसा र बिक्रीदर १५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकले सार्वजनिक गरेको दरभन्दा फरक हुन सक्नेछ ।

























