सप्तकोशी जेटबोट दुर्घटनाको छानबिन गर्न कोशी सरकारको समिति, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १७:२१

विराटनगर । सप्तकोशी नदीमा यात्रुबाहक जेटबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न कोशी प्रदेश सरकारले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई दुर्घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

कात्तिक ८ गते आइतबार धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा यात्रुबाहक पानीबोट दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति मन्त्रिपरिषद् बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

बैठकले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बताए । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए ।

शेर्पालेका अनुसार बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश समन्वयात्मक पर्यटक सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको जानकारी उनले दिए ।

सप्तकोशी जेटबोट दुर्घटनाको कारण, घटनाक्रम र जिम्मेवारीका बारेमा छानबिन समितिले बुझाउने प्रतिवेदनले थप तथ्य सार्वजनिक गर्ने अपेक्षा प्रदेश सरकारको छे छ ।

तपाइको प्रतिक्रिया
निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र
‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा विद्यालय बन्द
भोजपुरमा धान थन्क्याउन कामदारको अभाव
स्वदेशी सयपत्रीको बजार सुनिश्चित गर्न झापाका किसानको माग
बोल्सोनारो परिवारमाथि कसिँदै कानुनी घेरा, विदेश यात्राले बढायो विवाद
मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
पहिलो हार बिर्साउँदै जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×