हिमपातको जोखिमले तीन दिन पदयात्रा अनुमति रोकियो

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १९:०९
फाइल तस्बिर ।

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले कात्तिक १२ देखि १४ गतेसम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।

विभागका अनुसार मौसम प्रतिकूल हुन सक्ने भएकाले उक्त अवधिका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति दिने काम रोकिएको छ । विभागले पदयात्री तथा विदेशी पर्यटकलाई सुरक्षित रहन र निषेधित क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ ।

बंगालको खाडीमा विकसित मौसमी प्रणालीका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम बिग्रन सक्ने पूर्वानुमान छ । हिमपात र हिमआँधीका बेला पदमार्ग अवरुद्ध हुन सक्ने तथा हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले पदयात्रामा निस्कनेले मौसमको अवस्था र सम्बन्धित निकायको सूचना ध्यान दिन आवश्यक हुन्छ ।

विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्रामा गइसकेका पर्यटकलाई पनि सुरक्षित स्थानमा रहन सूचित गरेको छ । मौसम अनुकूल नभएसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र पदयात्रा गराउने काम नगर्नसमेत आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×