मोरङमा रिफाइन आयलको प्लान्टमा आगलागी

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १९:१८

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री राम रिफाइन आयल प्रोडक्टको प्लान्टमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मंगलबार बिहान १०ः५९ बजेतिर विद्युत् सर्ट भएर आगोको झिल्का झर्दा टिनको छाना भएको गोदाममा आगलागी भएको खुलेको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) चन्द्रिकाकुमार श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीय बासिन्दा, प्लान्टका मजदुर र विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी भएको करिब ६ घण्टापछि साँझ ५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट गोदाम तथा गोदामभित्र रहेको पराल, एक हजार लिटर रिफाइन तेल र ५९४ किलोग्राम स्ट्रिप रोल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×