तिहारमा ५२ लाख माला खपत हुने, स्वदेशी उत्पादनले पुग्ने

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १७:२६

 

काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।

आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे ।

‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौं’, उनले भने, ‘५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।’ अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए ।

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० रुपैयाँको थोक मूल्यको आधारमा ४० करोड ५० लाख, मखमली फूलको ६ लाख मालालाई औसत थोक मूल्य ४५ रुपैयाँका दरले दुई करोड ७० लाख, गोदावरी फूलको २० हजार मालालाई औसत थोक मूल्य एक हजार २०० का दरले दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० रुपैयाँका दरले दुई करोड ४० लाख पर्ने बताइएको छ ।

यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए । मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र
‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा विद्यालय बन्द
भोजपुरमा धान थन्क्याउन कामदारको अभाव
स्वदेशी सयपत्रीको बजार सुनिश्चित गर्न झापाका किसानको माग
बोल्सोनारो परिवारमाथि कसिँदै कानुनी घेरा, विदेश यात्राले बढायो विवाद
मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
पहिलो हार बिर्साउँदै जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×