इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार ०७:१७

काठमाडौं । इजरायलको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धी आइसेनकोट नेतृत्वको समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतदानपछिका सर्वेक्षणले दुवै पक्षको शक्ति लगभग बराबरीमा देखाएपछि नयाँ सरकार गठनको समीकरण अनिश्चित बनेको छ ।

मंगलबार सार्वजनिक विभिन्न सञ्चारमाध्यमका एक्जिट पोलअनुसार नेतान्याहु र आइसेनकोट नेतृत्वका समूहबीच संसद्मा बहुमत पुर्‍याउने प्रतिस्पर्धा रोचक बनेको छ । ‘कान ११’ र ‘च्यानल १३’ का सर्वेक्षणले दुवै समूहले समान ५१–५१ सिट जित्ने अनुमान गरेका छन् । ‘च्यानल १२’ को पछिल्लो सर्वेक्षणमा भने नेतान्याहुको समूह ५२ सिटसहित अगाडि देखिएको छ भने आइसेनकोट नेतृत्वको समूहले ५० सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

इजरायलको संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । तर, एक्जिट पोलका कुनै पनि अनुमानले प्रतिस्पर्धी समूहलाई स्पष्ट बहुमत दिएको छैन । त्यसैले अन्तिम नतिजा र सम्भावित गठबन्धनले सरकार गठनको दिशा तय गर्ने देखिएको छ ।

निर्वाचनमा मतदाताको उत्साह पनि उल्लेखनीय देखिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान प्रतिशत ७७.७ पुगेको छ । यो सन् १९९९ यताकै उच्च मतदान हो । कुल करिब ७३ लाख योग्य मतदातामध्ये झन्डै ५७ लाखले मतदान गरेका छन् ।

स्थानीय समयअनुसार राति १० बजे मतदान केन्द्र बन्द भए पनि सैनिक, रिजर्भ सैनिक, कूटनीतिज्ञलगायतले प्रयोग गर्ने दोहोरो खाम प्रणालीका मतपत्र गणना हुन बाँकी छन् । ती मतपत्रको गणना तत्काल सुरु नहुने निर्वाचन समितिले जनाएको छ । बाँकी मतपत्रको गणनापछि मतदानको अन्तिम प्रतिशतमा परिवर्तन हुन सक्छ ।

इजरायलमा यसअघि सन् १९८८ मा ७९.७ प्रतिशत मतदान भएको थियो । जुन अहिलेसम्मकै उच्च दर हो ।

यसैबीच, केन्द्रीय निर्वाचन समितिले आधिकारिक मतगणना सुरु गरेको छ । सार्वजनिक विवरणअनुसार प्रारम्भिक चरणमा कुल मतको २.५ प्रतिशत गणना भएको छ । प्रारम्भिक मतगणना र एक्जिट पोलका अनुमान फरक पर्न सक्ने भएकाले अन्तिम परिणाम आउन बाँकी छ ।

बहुमतका लागि आवश्यक ६१ सिट कुनै पनि समूहले प्राप्त गर्न नसकेमा सरकार गठनका लागि अन्य दलको समर्थन निर्णायक बन्न सक्छ । त्यसैले निर्वाचनको अन्तिम नतिजाले मात्रै इजरायलको आगामी राजनीतिक नेतृत्वको स्पष्ट तस्बिर दिनेछ ।

तपाइको प्रतिक्रिया
बलात्कार घटनाको ४० वर्षपछि दोषी ठहर
निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र
‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा विद्यालय बन्द
भोजपुरमा धान थन्क्याउन कामदारको अभाव
स्वदेशी सयपत्रीको बजार सुनिश्चित गर्न झापाका किसानको माग
बोल्सोनारो परिवारमाथि कसिँदै कानुनी घेरा, विदेश यात्राले बढायो विवाद
मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×