ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते 

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १५:४६

एजेन्सी । सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्याला सहरको एक बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मंगलबार एएफपीलाई दिएको जानकारीअनुसार अर्धसैनिक समूह द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो ।

स्थानीय बासिन्दाका अनुसार सोमबार राति ८ बजे सहरको उत्तरी भागमा रहेको बजारमा ड्रोन प्रहार भएको थियो । उक्त बजारमा युवाहरू र विशेषगरी आरएसएफका लडाकुहरू आउने गरेको अर्का स्थानीयले बताएका छन् ।

न्याला अस्पतालका एक चिकित्सकले हमलामा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । तर, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकु थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।

सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि आरएसएफसँग युद्ध लड्दै आएको छ । सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ । आरएसएफले न्यालालाई आफ्नो मुख्य आधार बनाउँदै खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकार घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×