श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १८:१६

संखुवासभा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा संखुवासभाको चैनपुरबाट एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१ नुनढाकी थर्पुका ४८ वर्षीय तेम्बा रिन्जे शेर्पा रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार तेम्बामाथि आफ्नै ४९ वर्षीया श्रीमती मिङ्माछिकी शेर्पाको हत्या गरेको आरोप छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीका अनुसार प्रारम्भिक अनुसन्धानबाट तेम्बाले कुटपिट गर्दा मिङ्माछिकीको मृत्यु भएको खुलेको छ । घटनाको कारण र अन्य पक्षका बारेमा थप अनुसन्धान भइरहेको राजवंशीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×