एनपीएल: पोखराद्वारा सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १९:०८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको हो।

पोखराका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाएर अविजित रहे। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर महेदी हसनले ३२ तथा कप्तान कुशल भुर्तेलले २१ रनको योगदान दिए।

यस्तै, शकिब अल हसनले १४, धनञ्जय लक्षणले ११ र सदिरा समरविक्रमा ८ रन बनाए। दिनेश खरेल ४ तथा किरण ठगुन्ना १ रनमा आउट भए। विपिन खत्री ५ रनमा अविजित रहे।

एक समय ८३ रनमा ५ विकेट गुमाएर दबाबमा परेको पोखराले अर्जुनको आक्रामक ब्याटिङको मद्दतमा अन्तिम पाँच ओभरमा ४२ रन जोड्दै सम्मानजनक योगफल तयार पारेको हो।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। स्कट कुगेलेइनले १ विकेट लिए पनि चार ओभरमा ४९ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले पनि समान १–१ विकेट हात पारे।

अब सुदूरपश्चिमले प्रतियोगिताको चौथो खेलमा जित निकाल्न १ सय ४६ रन बनाउनुपर्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×