पसलभित्र ११ फिट लामो राजगोमन भेटिएपछि…

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १२:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ कोब्रा) को सुरक्षित उद्धार गरिएको छ । स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुरक्षित उद्धार गरेका हुन् ।

पसलको दराजमा सर्प देखिएपछि स्थानीय वडा सदस्य सिंहबहादुरले उद्धारकर्ता राजेश र रोशनलाई खबर गरेसँगै उनीहरूले राजगोमनलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन् ।

त्यसअघि स्थानीयवासीले सर्पलाई भगाउने प्रयासमा पेट्रोल खन्याएको कारण उद्धारमा थप चुनौती सिर्जना भएको बताउँदै उद्धारकर्ता राजेशले धुवाँ लगाएर पेट्रोल खन्याइएपछि सर्प आक्रामक बन्दा सुरक्षित रूपमा नियन्त्रणमा लिन विशेष सावधानी अपनाउनु परेको बताए ।

सर्पलाई धपाउने उद्देश्यले पेट्रोल वा डिजेल प्रयोग गर्नु जोखिमपूर्ण हुने बताउँदै उनले सामान्य अवस्थामा रहेको सर्पले समेत आफूलाई खतरा महसुस गरेमा आक्रमण गर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न आग्रह गरे ।

वडा सदस्य सिंहबहादुरले स्थानीयवासीको सहयोगमा उद्धार गरिएको राजगोमनलाई मानव बस्तीबाट टाढा जङ्गलमा सुरक्षित रूपमा छाडिएको उद्धारकर्ता रोशनले बताए । आफूहरूले हालसम्म १६ पटक राजगोमनको उद्धार गरिसकेको बताउँदै उनले हेटौंडासहित मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाका विभिन्न स्थानबाट राजगोमन उद्धार गरिएको बताए ।

यसअघि १४औं पटकको उद्धारका क्रममा आफूूलाई बकैया र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्रमा राजगोमनले टोकेको बताए । राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प भएको बताउँदै उनले यसको विषले स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्ने बताए ।

उनका अनुुसार गोमनको टोकाइबाट मानिसको ज्यान समेत जान सक्छ । यद्यपि, राजगोमनले सामान्यतया मानिसलाई आक्रमण गर्न खोज्दैन । खतरा महसुस गरेमा भने आफ्नो सुरक्षाका लागि आक्रामक बन्न सक्छ ।

सर्पलाई मार्नुको सट्टा उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काउनु पर्ने उल्लेख गर्दै उनले वातावरणीय सन्तुलन कायम राख्न र खाद्य शृङ्खलालाई व्यवस्थित बनाउन सर्पको महत्वपूर्ण भूमिका हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए ।

मकवानपुरमा राजगोमनका अतिरिक्त मोनोसेलेट कोब्रा, स्पेक्टाकल्ड कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर र रेडनेक किलब्याक लगायतका विभिन्न प्रजातिका सर्प पाइन्छन् ।

सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आवश्यक रहेको बताइन्छ । सर्पको उद्धारपछि डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा सुरक्षित वासस्थानमा छाड्ने गरेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.